Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय हो।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । पढाइप्रति दिलचस्पी जाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । जोखिम र सङ्कटले घेरेको समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ३७ बजे