Logo

राजनीति

कांग्रेस संसदीय दलको बैठक आह्वान



काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने उनले बताए ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ । ‘समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो‚’ खतिवडाले भने ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : १० बजे