Logo

खेलकुद

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित



काठमाडौं । इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा म्यानचेस्टर  युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ ।

भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनह्यामको दबदबा सुरु भएको थियो ।  मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए ।

४२ औं मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनह्यामले अग्रतालाई दोब्बर पारेको थियो ।

खेलपछि टोटनह्याम८ औं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : ०९ बजे