Logo

मुख्य समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गरिने तथा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ । साथै सर्वौच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : १० बजे