Logo

Breaking News 1

अविरल वर्षा : ३० जनाको मृत्यु, ११ जना बेपत्ता



काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् ।

एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । काठमाडौंमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ५७ बजे