Logo

कर्पोरेट

नेप्सेमा ३२.८१ अंकको गिरावट


१० आश्विन २०८१, बिहिबार  

46
Shares

काठमाडौं । । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.८१ अंकले घटेर दुई हजार ४ सय ८६ दशमलव ७६ विन्दुमा बन्द भएको छ ।  साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।  

नेप्सेमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये ३९ वटाको बढेको छ भने २०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                   

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता २९०० रुपैयाँ पुगेको छ ।  

ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । अपी पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।  

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : २८ बजे