Logo

विश्व

चीनको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणले विश्वलाई चिन्ता


१० आश्विन २०८१, बिहिबार  

92
Shares

एजेन्सी । चीनले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेपछि त्यसले विश्वलाई चिन्तित गराएको छ ।

बुधबार पहिलो पटक प्रशान्त महासागरमा प्रक्षेपण गरिएको क्षेप्यास्त्रप्रति अन्य देशले विरोध सुरु गरेका छन् ।जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।

सेप्टेम्बर २५ तारिख ८ बजेर ४४ मिनेटमा चिनियाँ जनमुक्ति सेनाका रकेट सैनिकले प्रशान्त महासागरसम्बन्धित उच्च समुद्रमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

तर चिनियाँ रक्षा मन्त्रालयले प्रक्षेपण कार्य रकेट सैनिकको वार्षिक सैन्य प्रशिक्षणको नियमित कार्य भएको जनाएको छ । उक्त प्रक्षेपणबारे चिनियाँ पक्षले सम्बन्धित देशलाई अग्रिम जानकारी गराएको दावी गरेको छ ।

‘बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो,’ रक्षा मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १ : ०३ बजे