काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार सिंहदरबारमा उनीहरुले मन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् ।
निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरुले धेरै अप्ठ्यारा चुनौतिहरुको सामना गर्नुपरेको बताए ।
उनले निर्माण व्यवसायीमा देखिएका समस्या चाँडो भन्दा चाँडो सरकारले समाधान गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘निर्माण व्यवसायीमा काम गर्दैगर्दा खेरी धेरै अफ््ठ्याराहरु रहेका छन् । समग्र रुपमा नै निर्माण व्यवसायीहरुको काम गर्दाखेरीको चुनौतिहरु जुन सामना गरिरहनु भएको छ , योे निर्माण व्यवसायीहरुको मुख्य समस्या जुनमा छ त्यो सरकारले चाँडो भन्दा चाँडो विशेष ध्यान दिएर समाधान गर्ने छ ।’
साथै उनले राम्रो नतिजा आउने गरेर काम गर्ने समेत बताए । उनले काम गर्नको लागि सहजता हुने गरी सरकारले ऐनहरुमा र नीतिगत रुपमा संशोधन गर्नुपर्ने कुरामा ध्यान दिने बताए ।
प्रतिक्रिया