Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
निणर्य क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ, पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्ना भावना र महत्त्वाकाङ्क्षाहरू उपर नियन्त्रण गर्नुपर्ने समय हो, लटरी, सट्टापट्टा वा अन्य कुनै आकस्मिक स्रोतबाट धेरथोर धन लाभ हुनसक्छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूणर् उपलब्धि लिन सकिने छ । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सम्बन्धमा धमिलोपना आउने छ, सहयोग आदानरप्रदान र व्यवहार धान्नसमेत मुस्किल पर्नसक्छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहाररविहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुखरसन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँकेरताकेका काम पनि सम्पन्न हुने समय हो । आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । गरेका प्रयासमा असफल हुन सकिन्छ । दबाब र मानसिक तनाव बढ्ने दिन हो । हाकिम वा उच्चपदस्थ अधिकृतसँगको सम्बन्ध कमजोर बन्नसक्छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ९ : ५३ बजे