Logo

Breaking News 1

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा मंगलबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ । नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो ।

क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो । घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहो¥याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ ।

नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ । किङ्ग सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ । तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : १८ बजे