Logo

Breaking News 1

साफ यू–१७ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग १–० ले पराजित



काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । 

पाकिस्तानको जितमा मोहम्मद थलहले गोल गरे। उनले खेलको ८२औं मिनेटमा अब्दुल समादको कर्नरलाई हेडमार्फत पोस्टको चाली चुमाएका थिए ।

समूह ‘बी’ मा रहेको नेपालले सोमबार श्रीलंकाको सामना गर्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ४ : ३२ बजे