Logo

मुख्य समाचार

मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


४ आश्विन २०८१, शुक्रबार  

92
Shares

काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भाग लिन अमेरिका प्रस्थान गरेपछि मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हु्न । 

राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अमेरिकामा आयोजना हुने  विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १२ : ५२ बजे