Logo

विश्व

चीनमा मध्य शरद पर्व धुमधाम मनाइँदै



एजेन्सी । चीनका विभिन्न सहरमा मध्य शरद पर्व धुमधाम मनाइँदैछ । परम्परागत चिनियाँ चाडका रुपमा मनाइने शरद पर्वलाई चन्द्रमा महोत्सव पनि भन्ने गरिन्छ ।

सेप्टेम्बर १७ तारिख बेलुकी ८ बजे ‘सीएमजीको मध्य शरद पर्व २०२४ को गाला’विश्वभरका दर्शकहरूसँग एकसाथ प्रस्तुत गर्ने चलनलाई यसबर्ष पनि निरन्तरता दिइएको छ ।

मध्य शरद महोत्सव, वसन्त पर्व, छिङमिङ महोत्सव र ड्र्यागन बोट फेस्टिभललाई चीनका चार परम्परागत चाडहरू भनेर चिनिन्छ। चिनियाँ संस्कृतिबाट प्रभावित, मध्य शरद चाड पूर्व र दक्षिणपूर्वी एशियाका केही देशहरू, विशेष गरी स्थानीय चिनियाँ र विदेशी चिनियाँहरूका लागि परम्परागत चाड हो।

यस वर्षको मध्य शरद पर्वको गालामा ‘चन्द्रमा निस्किने’, ‘चन्द्रमा प्रकाश’ र ‘चन्द्रमाको उज्यालो’ तीनवटा खण्डमा कलात्मक प्रदर्शनका साथ मनाउने चलन छ ।  सो अवसरमा चिनियाँ परम्परागत संस्कृति संगीत, नृत्य, नाटक, र वाद्य संगीत जस्ता प्रदर्शन गरिएका छन् ।

परिवार र साथीहरूबीच पुनर्मिलन गर्दै र मूनकेकको आनन्द लिंदै मनाईने यो पर्व यस वर्ष मंगलबार परेको छ । (सीसीटिभी प्लस)

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १ : ०९ बजे