Logo

मुख्य समाचार

वीर अस्पतालमा शल्यक्रियासहितको जलन उपचार केन्द्र सञ्चालनमा


२८ भाद्र २०८१, शुक्रबार  

0
Shares

lकाठमाडौं । वीर अस्पतालमा सघन र शल्यक्रिया उपचार सेवासहितको जलन उपचार केन्द्र सञ्चालनमा आएको छ ।

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका बिरामीको उपचार हुने डा.केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरेका हुन् ।

जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन् । सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष ०८०÷८१ मा बजेट विनियोजन गरेको थियो ।

५ फागुन ०७९ मा वीरको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेलगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए ।

हाल नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिन्छ । अब वीरमा पनि जलनका गम्भीर किसिमका बिरामीको उपचार हुनेछ । उदघाटनपछि बिरामीको उपचारका लागि २४सै घन्टा जलन उपचार केन्द्र खुला भएको छ ।



प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ५४ बजे