Logo

समाचार

‘पोइजन इन्फरमेसन सेन्टर’ले मनायो पहिलो वार्षिकोत्सव



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले सञ्चालन गरेको ‘पोइजन इन्फरमेसन सेन्टर’ले पहिलो वार्षिकोत्सव मनाएको छ ।

विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाउन र मृत्युदर कम गर्ने उद्देश्यले सेन्टरले मंगलबार पहिलो वार्षिकोत्सव मनाएको हो ।

मंगलबार शिक्षण अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै विष सूचना केन्द्रको वार्षिकोत्सव मनाएको हो ।

समारोहलाई सम्बोधन गर्दै टिचिङ अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले बिष सूचना केन्द्रमा एक वर्षको अवधीमा तीनसय जनाले सेवा लिएको बताए ।

त्यस्तै, उनले यस्ता बिष सूचना केन्दहरु मन्त्रालयमार्फत सिधै चलाउनुभन्दा कुनै नीजि क्षेत्रसँगको सहकार्यमा चलाउन जरुरी रहेको बताए ।

‘एक वर्षको अवधीमा पोइजन सूचना केन्द्रमार्फत तीनसय जनाले सेवा लिनुभएको छ । यस्ता सूचना केन्द्रहरुले सिधै मन्त्रालयमार्फत चलाउँदा सजिलो हुन्न किनभने त्यहाँ फर्माकोलोजी पनि हुनुहुन्न’, उनको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : ४० बजे