Logo

अर्थ

सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढ्यो


२१ भाद्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन तोलामा १ लाख ३१ हजार ४३० रुपैयाँ कायम भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १० : ५४ बजे