Logo

समाचार

पूर्व परराष्ट्रमन्त्री खड्काद्धारा पहिरोका कारण घरवार विहिन भएका परिवारलाई आर्थिक सहयोग



उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम संघिय सांसद तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न. १५ को तोरिवारीमा पहिरोका कारण घरवार विहिन भएका एक परिवारलाई ५० हजार आर्थिक सहयोग गरेका छन ।

गत असार २५ गते अविरल वर्षाका कारण आएको पहिरोले घर बगाउदा ठूलो रुपमा जनधनको क्षति भएको थियो । संघीय सांसद खड्काले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा सो राहत सहयोग वितरण गरेका हुन्।

संसदले पाउने एक महिनाको आफ्नो पारिश्रमिक बापतको रू ५० हजार सोही वडाका वडा अध्यक्ष गणेश तिमिल्सिना मार्फत उनले सहयोग हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : २१ बजे