Logo

मुख्य समाचार

१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरष पक्राउ



संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हरी बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ७ : १७ बजे