Logo

विशेष

दुर्लभ माइला समुहद्वारा तीज विशेष कार्यक्रमको आयोजना



काठमाडौ। माहानटार दुर्लभ माईला समुहद्वारा काठमाडौ गोठाटारमा तीज विशेष भेटघाट कार्यक्रम आयोजना गरिएको छ।

कागेश्वरी ९ गोठाटार बस्ने दाहाल माइला समुहले यो कार्यक्रम आयोजना गरेको हो। करिब सत्र जना माइलाहरुको समुहले आफ्‌ना छोरीचेली, भाञ्जाभाञ्जी, दाजुभाइ लगायतलाई तीजको अवसर पारेर कार्यक्रम आयोजना गरेको आयोजकले बताए ।

नयाँ पुस्ताहरूले एक वा दुई मात्र सन्तान जन्माउने भएकाले माइलो सन्तान दुर्लभ भएका छन्। साथै माहानटारमा जन्मे हुर्केमा माइलाहरूले याे कार्यक्रम आयोजना गरेको स्वर्गीय होमनाथ दाहालका माइला छोरा रामशरण दाहालले बताए ।

माइला छोरीहरू त दुर्लभ भैसकेको बताउँदै दाहालले भने- “माइला छोराहरु पनि नयाँ पुस्तामा छैनन् ।”

भावी सन्ततीहरुको उज्वल भविष्यको कामना गर्दै स्थानीय दाहाल परिवारका माइलाहरुको समुहले यस्तै प्रकारको सचेतनामुलक तथा परिवार मिलन कार्यक्रम आगामी दिनमा आयोजन गर्ने बताएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ३७ बजे