Logo

खेलकुद

म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुलको शानदार जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले शानदार जीत दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । लिभरपुलका लागि लुइस डियाजले २ गोल गर्दा मोहमद सलाहले एक गोल थपेका थिए ।

खेलको पहिलो हाफमा लुइस डियाजले दुई गोल गर्दै लिभरपुललाई बलियो स्थितिमा पु¥याएका थिए । डियाजले खेलको ३५ औं र ४२ औं मिनेटमा गोल गरेका थिए, जसमा मोहम्मद सलाहले दुवै पटक असिस्ट गरेका थिए ।

खेलको ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको अग्रता ३–० बनाएका थिए ।

यो जितसँगै लिभरपुलले लिगमा लगातार तीन खेल जित्दै क्लिन सिट राखेको छ । म्यानचेस्टर युनाइटेड भने लगातार दोस्रो हार व्यहोर्न बाध्य बन्यो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : २७ बजे