Logo

मुख्य समाचार

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु


१४ भाद्र २०८१, शुक्रबार  

92
Shares

बर्दिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९, कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको मृत्यु भएको हो ।

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गए राति  नहरको किनारमा चप्पल फेला परेको थियो । आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ बारबर्दिया–९, धोविनपुर भन्ने ठाउँमा बालिकाको शव फेला परेको बताइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ११ : ०५ बजे