Logo

मुख्य समाचार

पर्यटनलाई विज्ञ र व्यवसायीहरुले अगाडि बढाएका छन्ः मन्त्री भण्डारी



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यानु बसन्त राज मिश्र फाउण्डेशनले प्रतिभाहरुको सम्मान गरेर ऐतिहासिक काम गरेको बताएका छन् ।

त्यस्तै संस्थाले महत्वपूर्ण विषय र विभागहरुलाई  आफ्नो  ठाउँबाट  झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गरे ।

बिहीबार ज्यानु बसन्त राज मिश्र फाउण्डेशन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरस्कार प्रदानले सबैमा प्रतिभा झन झल्किरहेको बताए ।

उनले  भने, ‘संस्थाले असाध्यै समसामहिक ,अति महत्वपूर्ण विषय  र विभागहरु जोडेको छ । मुलुकमा धेरै कुराको आवश्यक्ता छ र ति आवश्यक्ताहरुलाई पूरा गर्न  संस्थाले बेला बेला झक्झक्याईरहेको छ । यसले संस्थाको महत्व झल्किने छ ।’

साथै उनले नेपालको पर्यटन क्षेत्रको विकासमा यस्ता निजी क्षेत्रहरुले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्रको विकासमा नेपाल सरकारको सहयोग  भन्दा पनि निजी क्षेत्रमा लागेका विज्ञहरु र व्यवसायीहरुले पर्यटन क्षेत्रलाई अगाडि बढाएको जिकिर गरे  ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  २ : १२ बजे