Logo

मनोरञ्जन

वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक



काठमाडौं । अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन् ।

पोस्टर सार्वजनिक गर्दै बिमलेशले लेखेका छन्, ‘नमस्कार, हाम्रो वेब सिरिज ‘घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दैछु । यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हुनेछ । यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ ।  यो सपना साकार गर्न सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद । आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ ।’

यस सिरिजबाट नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् ।

यसमा अरुणिमासहित बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहनेछ ।

 ‘घर बट इन अमेरिका’ सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ ।

 सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन् । सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ ।

०००

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १ : ५० बजे