Logo

विश्व

जापानको एक मानसिक अस्पतालमा आगलागी हुँदा २४ को मृत्यु



काठमाडौं । जापानको एक मानसिक अस्पतालमा आगलागी हुँदा जलेर २४ जनाको मृत्यु भएको छ ।

ओसाका प्रान्तमा अवस्थित मानसिक अस्पतालमा शुक्रबार बिहान आगलागी भएको थियो । आगलागीमा चार जना घाइते भएका छन् ।

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेको बताइएको छ । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : ०७ बजे