Logo

समाचार

शोभा भगवतीमा मंगलादेवी सिंहको स्मरण, शालिकमा माल्यार्पण



काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मंगलादेबी सिंहको २८ ओै स्मृति दिवस मनाइएको छ ।

स्मृति दिवसको सन्दर्भमा सोमबार बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको हो ।

मंगलादेवी पुत्रसमेत रहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।

कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरुका लागि प्रेरणा रहेकोभन्दै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताइन ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो । उाले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्मकन्या क्याम्पस खोल्न तयार भएका थिए ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ११ : ०७ बजे