Logo

खेलकुद

यु–१९ महिला साफ च्याम्पियनसिप: आज नेपालले भारतविरुद्ध संघर्ष गर्दै



काठमाडौं । यु-१९ महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दैछ । आजको खेल नेपाललाई जित्नै पर्ने नभए बराबरीसम्म भनेपनि गर्नै पर्ने बाध्यता रहेको छ ।

आज भारतविरुद्व कम्तिमा बराबरीसम्म मात्रै गर्न सकेपनि फाइनलमा स्थान बनाउने छ । तीन खेलबाट सात अंक जोेडेको नेपाल अहिले लिग तालिकाको शीर्ष स्थानमा छ ।

समान सात अंक जोडेको आयोजक बंगलादेश दोस्रो स्थानमा छ । पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोविन प्रणालीमा खेलाइएको छ । शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । ६ अंक जोडेको भारत तेस्रो स्थानमा छ ।

आजै बंगलादेशले कमजोर देखिएको श्रीलंकाविरुद्ध खेल्नेछ । प्रतियोगितामा जित निकाल्न नसक्ने श्रीलंका एकमात्र टोली हो । त्यसैले बंगलादेशले श्रीलंकालाई सहजै हराउने अनुमान लगाउन सकिन्छ । बंगलादेशले जितेमा उसको दश अंक हुनेछ । 

त्यसकारण नेपाल र भारतबीचको नतिजाले अर्को फाइनल खेल्ने टोलीको टुंगो लगाउनेछ । नेपालले जित वा बराबरी गरेमा फाइनलमा स्थान बनाउनेछ । पराजित भए नेपाल बाहिरिनेछ । त्यसैले नेपाललाई आज कम्तिमा बराबरी गर्नुपर्नेछ । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ३५ बजे