Logo

मनोरञ्जन

शान्तिश्री परियार र बिन्ती कुमारले ल्याए ‘घुम्दै घुम्दै आको’



काठमाडौं । गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको ‘घुम्दै घुम्दै आको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक स्वयमकै शब्द, संगीत तथा लयमा रहेको गीत अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर भिडियो छायांकन गरिएको हो ।

भिडियो झट्ट हेर्दा नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाई तथा दिदी बहिनीहरुको अभिनय देख्न सकिन्छ ।

भिडियो गुरुङ समुदायमा प्रचलित रोधीँ संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरु मौलिक गुरुङ भेषभुषामा सजिएको देख्न सकिन्छ ।

सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायांकन अनिश खासा (निरेश) र मनिष महर्जनले गरेका हुन् । गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ४६ बजे