Logo

खेलकुद

मुख्य प्रशिक्षकमा भट्ट र योन्जन नियुक्त



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूणर् योन्जनलाई जिम्मेवारी दिइएको हो । २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

यस्तै भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भएपछि भट्टलाई जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षकमा नियुक्ती दिएका हुन् । नियुक्ती पत्र बुझाउँदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ५४ बजे