Logo

विश्व

बम बिस्फोटमा परी १० जनाको मृत्यु, १२ घाइते



काठमाडौं । पाकिस्तानको कराचीमा बम बिस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्।  अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको अधिकारीहरुले जनाएका छन्। बिस्फोटमा परेका सबैजसो घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिए।

निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनको दुई तलामाथि ग्याँस चुहावटका कारण बिस्फोट भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।  विस्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको अधिकारीहरुले जनाएका छन्। थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का गरिएको छ। उद्धारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाइरहेका छन्।

पाकिस्तानको कराची सहर सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। एजेन्सी

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  २ : २४ बजे