Logo

कांग्रेस महाधिवेशन बिशेष

कांग्रेस केन्द्रीय सदस्य पिछडिएको खुलातर्फ देउवा प्यानलका सिंह विजयी



काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पिछडिएको खुलातर्फ भएको केन्द्रीय सदस्य निर्वाचनमा अर्जुन जंगबहादुर सिंह निर्वाचित भएका छन् ।

सिंह पार्टी सभापति शेरबहादुर देउवा प्यानलका हुन् । सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । सोही पदका अर्का प्रत्यासी दीपकजंग शाहले भने २०५६ मत ल्याएका छन् ।

आइतबार भएको निर्वाचनको मतगणना अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे