Logo

मुख्य समाचार

काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु



काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ)को मतगणना सुरु भएको छ ।

बिहान १०:३० बजेबाट मतगणना सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।

यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

 महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ। शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे