Logo

मुख्य समाचार

यी जिल्लामा आइतबारबाट किशोर किशोरीलाई मोर्डनाको खोप लगाइँदै (सूचिसहित)



काठमाडौं । सरकारले आइतबारदेखि विभिन्न ५७ जिल्लाका किशोर किशोरीलाई कोरोनाविरुद्वको मोर्डना खोप दिँदैछ ।

१२ देखि १७ वर्ष उमेर समूहकालाई लगाइने खोप आगामी १४ पुससम्म लगाइनेछ । बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी सरकारले गरेको हो।

सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्नेछन्।

प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ नौ जिल्ला र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका सबै किशोर किशोरीलाई मोडर्ना खोप दिन लागिएको हो।

प्रदेश १ को ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर जिल्लाका किशोर किशोरीले यो खोप पाउँदैछन्।

त्यसैगरी प्रदेश २ को सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत तथा लुम्बिनी प्रदेशको रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियामा पनि खोप कार्यक्रम सञ्चालन हुनेछ।

कर्णालीको डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान तथा सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरका किशोर किशोरीलाई पनि मोर्डना खोप दिन लागिएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : २२ बजे