Logo

मुख्य समाचार

माओवादी प्रदेश २ सम्मेलन: आजबाट बन्दसत्र सुरु हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन अन्तर्गत प्रदेश २ सम्मेलनको बन्द सत्र आजबाट सुरु हुँदैछ । बन्दसत्र सर्लाहीको लालबन्दीमा रहेको एक पार्टी प्यालेसमा सुरु हुँदैछ ।

माओवादीले प्रदेश सम्मेलनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा सम्मेलन नहुँदा बन्दसत्र हुन सकेको थिएन ।

बन्दसत्रमा ७३५ प्रतिनिधि, ८४ जना मनोनित प्रतिनिधधि र २१ जना केन्द्रीय सदस्यसहितका १ सय ८ जनाको आयोजक समिति बन्दसत्रमा सहभागी हुने बताइएको छ ।

सम्मेलनबाट ९ जना पादधकारीसहित २७१ जनाको प्रदेश समिति चयन हुनेछन् । उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : १९ बजे