Logo

मुख्य समाचार

पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित



काठमाडौं । नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मी निलम्बनमा परेका छन् ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले सिइओ रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। तीन सदस्यीय समितिमा दुई जना मन्त्रालयबाट सिफारिस भएका व्यक्ति हुनेछन् । 

रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कर्मचारीलाई दुव्र्यवहार गरेको अरोप लागेपछि उनको चर्को आलोचना भएको थियो ।

करिब १ महिना अगाडि लन्डनबाट फर्किंदा रेग्मीले ल्याएको ६ बोतल मदिरा भन्सार नियमविपरीत भएको भन्दै कर्मचारीले रोकेका थिए । तर, रेग्मीले उल्टै भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेका थिए ।

उनीमाथि अन्य आरोपहरु समेत लागेपछि बोर्ड बैठक बसेर छानविन समिति गठन भएको हो । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् ।

उनको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाएकी छन् । समितिले छानविनका क्रममा रेग्मी दोषी भेटिएमा बोर्डले उनलाई कारवाही गरेर हटाउनेछ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : १३ बजे