Logo

मुख्य समाचार

६७ देशबाट नेपाल आउनेले क्वारेन्टिन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित



काठमाडौं । अध्यागमन विभागले ओमिक्रोन संक्रमणलाई मध्यनजर गर्दै ६७ मुलुकबाट नेपाल आउने याात्रु क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ ।

६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरेको छ।

शनिबार बिहान एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अनिवार्य क्वारेन्टाइन सम्बन्धी सूचना अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।

यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू भने यथावत रहने विभागले जानकारी  दिएको छ ।

यसअघि विभागले अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वेबाट आउने यात्रुलाई क्वारेन्टिनमा बस्नुपर्ने सूचना जारी गरेको थियो ।

यस्तै, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सलगायत देश छन् । अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४७ बजे