Logo

मुख्य समाचार

आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना हुँदै



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पदाधिकारीहरुको मतगणना सम्पन्न भइसकेको छ ।

जारी मतगणनाअनुसार अब आज केन्द्रीय सदस्य खुलातर्फको मतगणना हुँदैछ । बिहान १० बजेबाट मतगणना सुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

 महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ। शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ५९ बजे