Logo

समाचार

मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर विजयी



नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट फर्मुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गर्दै मुस्लिमतर्फको सहमहामन्त्री जितेका हुन्।

मन्सुरले २७७६ मत ल्याए भने वकिलले १८७१ मत पाए।  

आज थारू, मधेसी, खसरआर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।

यसअघि बिहीबार महिला, दलित र आदिवासीरजनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आएको थियो। जसमा दुई जना देउवा समूहका र एक जना कोइराला प्यानलकाले जित हात पारेका छन्।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ४९ बजे