Logo

मुख्य समाचार

‘सभामुखले राजीनामा दिए संसद खुल्छ’: एमाले



काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद प्रसाद सापकोटाले राजीनामा दिए संसदको अवरोध हट्ने बताएको छ ।

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका निर्णयहरु शुक्रबार सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने बताएका हुन् ।

एमालेले आफूले कारबाही गरेको १४ सांसदको कारबाही सदर गर्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । 

‘यदि हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ । सभामुखले कमजोरी नसच्याएसम्म संसद अघि बढ्न सक्दैन। अवरोध जारी रहन्छ’, पोखरेलले भने ।

एमालेले कारबाही गरेका सांसद राखेर संसद चलाएमा त्यो स्वीकार्य नहुने एमालेले स्पष्ट पारेको छ । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५० बजे