Logo

समाचार

सहमहामन्त्री मतगणना: चारवटामा देउवा प्यानल अगाडि



काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदको पाँच क्लस्टरको मतगणना अहिले जारी रहेको छ। जारी मतगणना अनुसार थारुतर्फको सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा प्यानलबाट उठेका उमाकान्त चौधरीले अग्रता बनाइरहेका छन्।

१७७७ मत गन्दा उनले ९८३ मतसहित अग्रता बनाइरहेका छन्। उनलाई पछ्याइरहेका तेजुलाल चौधरी ७६९ मत ल्याएका छन्।

अर्कातिर खस आर्यतर्फको समूहमा १९९५ मत गणना गर्दा नेता किशोर सिंह राठौरले अग्रता बनाएका छन्। देउवा प्यानलका उनले ११०३ मत ल्याउँदा शेखर कोइराला प्यानलका देवराज चालिसेले ८४९ मतसहित पछ्याइरहेका छन्।

त्यसैगरी, मधेसीतर्फ जम्मा गणना १६५० हुँदा महेन्द्र यादवले ८३५, रञ्जित कर्णले २१८ र रामकृष्ण यादवले ५९१  मत प्राप्त गरेका छन् । 

मुस्लिम समूहमा पनि देउवा प्यानलका उम्मेदवार फर्मुल्लाह मन्सुर अगाडि रहेका छन् । १२९५ मत गणना हुँदा फरमुल्लाह मन्सुरले ७२९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी शेख वकिलले ५२९ मत प्राप्त गरेका छन् । 

पिछडिएको क्षेत्र समूहमा भने शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि देखिएका छन्। जसमा बद्री पाण्डेले ६८९, जीवनबहादुर शाहीले ६३९ र चेतराज बजालले ३५ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५० बजे