Logo

मुख्य समाचार

मुस्लिम सहमहामन्त्री: मन्सुर अगाडि, शेखले पछ्याउँदै



काठमाडौं । । नेपाली कांग्रेसको सहमहामन्त्री मुस्लिमतर्फको मतगणना जारी रहेको छ । सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुर अगाडि छन्।

१२५८ मतगणना हुँदा उनले शेखर कोइराला समूहका शेख वकिललाई पछि पारेका छन्। मन्सुरले ७२३ मत पाएका छन् भने वकिलले ५२९ मत ल्याएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये बाँकी रहेका पाँच पदको मतगणना भइरहेको हो । 

सहमहामन्त्रीतर्फ तीन क्लष्टरको मतगणना भइरहेको छ । मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना भइरहेको हो। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ ।

मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।

पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १० : २० बजे