Logo

मुख्य समाचार

सहमहामन्त्री मतगणना: थारुतर्फ उमाकान्तको अग्रता



काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिएका छन् । 

एक हजार मत गन्दा उमाकान्तले ५४२ मत पाएका छन् भने डा. शेखर कोइराला समूहका तेलुलाल चौधरीले ४४२ मत प्राप्त गरेका छन् ।

 नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये बाँकी रहेका पाँच पदको मतगणना भइरहेको हो । 

सहमहामन्त्रीतर्फ तीन क्लष्टरको मतगणना भइरहेको छ । मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना भइरहेको हो। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ ।

मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।

पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ४९ बजे