Logo

मुख्य समाचार

माओवादी केन्द्र प्रदेश–१ अध्यक्षको दौडमा को-को छन् ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश १ अध्यक्षका लागि अहिले तँछाडमछाड चलिरहेको छ ।

प्रदेशको अधिवेशन सम्पन्न भई कार्यसमिति चयन भएको छ । तर, अध्यक्षसहितका पदाधिकारी चयन हुनसकेको छैन ।

माओवादी केन्द्रका अनुसार अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । अध्यक्ष प्रत्याशीमा सुनसरीका शिवकुमार डाँगी, पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) छन् ।

नेतृत्व चयन गर्न यही पुस ७ गतेलाई कार्यसमितिको बैठक आह्वान गरिएको छ । 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ३३ बजे