Logo

मुख्य समाचार

देउवा र प्रचण्डबीच सर्वदलिय बैठक बोलाउनेदेखि क्रिकेटरमाथिको कारबाहीसम्मको छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहानै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा सर्वदलिय बैठक बोलाउनेदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल लगायत क्रिकेटरलाई क्यानले गरेको कारबाहीको विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो।

मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय भएको थियो।

यस्तै, दुई नेता संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका हुन् । तर, सर्वदलिय बैठक कहिलेलाई बोलाउने भन्ने तोकिएको छैन । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५१ बजे