Logo

मुख्य समाचार

केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न एमालेले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा ९एमाले० आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ  मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको हो ।

पत्रकार सम्मेलनलाई महासचिव शंखर पोखरेलले सम्बोधन गर्ने बताइएको छ । नवनिर्वाचित महासचिव पोखरेलको यो पहिलो पत्रकार सम्मेलन हुनेछ । 

चितवनमा मंसिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५२ बजे