Logo

मुख्य समाचार

बाँकी रहेका सहमहामन्त्रीको मतगणना सुरु हुँदै



काठमाडौं । नेपाली कांग्रेसको बाँकी रहेका सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुन लागेको हो ।

कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति कोटाको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भएका छन् ।

अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रको कोटाको नतिजा आउन बाँकी छ ।

खसआर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे उम्मेदवार छन् ।

मधेसी कोटाबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।

थारुबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिमबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।

यसैगरी पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ४७ बजे