Logo

मुख्य समाचार

कांग्रेस महाधिवशेन: सह-महामन्त्रीको मतगणना सुरु



काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शेखर कोइरालाको दलित प्यानलबाट जीवन परिवार, शेरबहादुर देउवाको प्यानलबाट मानबहादुर विश्वकर्मा र स्वतन्त्रबाट गंगा सुनारले उम्मेदवारी दिएका छन् । यसैगरी, आदिवासी जनजाति तर्फबाट देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र कोइरालाको प्यानलबाट विकास लामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यस्तै, महिला क्लस्टरमा देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’र कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवारी दिएकी छिन् । अरु सहमहामन्त्रीको मतगणना भने भोलिमात्रै हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४६ बजे