Logo

मनोरञ्जन

सुशान्त राजपूतकी दिदीले दिइन् अंकिता–विक्कीलाई आशिर्वाद



एजेन्सी: भारतकी लोकप्रिय टिभी अभिनेत्री अंकिता लोखन्डे र उनका प्रेमी विक्की जैनले विवाह गरेका छन् । अंकिता र विक्की १४ डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीले विवाह गर्ने बित्तिकै सोसल मिडियामा शुभकामनाको आइरो लागेको छ । अंकिता र विक्कीलाई सेलिब्रिटीदेखि उनका प्रशंसकले बधाई दिइरहेका छन् । यस्तै, दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी बहिनी श्वेताले पनि अंकिता लोखण्डे र विक्की जैनलाई बधाई दिएकी छिन् ।

दिवंगत अभिनेता सुशान्त राजपूतकी दिदी श्वेताले अंकिता लोखन्डे र विक्की जैनलाई आशीर्वाद दिएकी छिन् । उनले अंकिता लोखन्डेको इन्स्टाग्राम पोस्टमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘बधाई । नव विवाहित जोडीलाई आशीर्वाद । श्वेता ।’

नायिका अंकिता लोखन्डेले विवाहपछि विक्की जैनसँगको आफ्नो तस्बिर सोसल मिडिया प्लेटफर्म इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

अंकिता लोखन्डेको यो पोस्टमा बधाईको ताँती लागेको छ । तीमध्ये सुशान्तकी दिदी श्वेता सिंहको कमेन्टलाई धेरैले याद गरिरहेका छन् । स्मरण रहोस्, विक्की जैनलाई डेट गर्नुअघि अंकिता र सुशान्त सिंह सम्बन्धमा थिए । यद्यपि, यी दुई सन् २०१६ मा अलग्गिएका थिए । सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए । त्यतिबेला अंकिता लोखन्डे, सुशान्त राजपूतको परिवारको समर्थनमा उत्रिएकी थिइन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ५१ बजे