Logo

समाचार

प्रधानमन्त्री देउवा भारत भ्रमण जाने तयारीमा



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा निकट भविष्यमै भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे अहिले देउवाको सचिवालयले तयारी गरिरहेको स्रोतको दाबी छ । यसअघि बेलायत भ्रमणमा जाँदा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्ताको क्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएको र देउवाले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री देउवा पार्टीको १४औं महािधवेशनमार्फत पूनः सभापतिमा निर्वाचित भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पनि छिट्टै नेपाल भ्रमण गर्ने बताईएको छ ।

दुई देशका प्रधानमन्त्रीले एक अर्काको देशको भ्रमण गर्ने चर्चा चलिरहेको बेला पहिले प्रधानमन्त्री देउवा नै भारत जाने बुझिएको छ । मोदीको गृहराज्य गुजरातमा आगामी जनवरी १० मा हुने टेन्थ भाईव्रेन्ट गुजरात समिट हुँदैछ। उक्त समिटमा विभिन्न देशका प्रमुखहरुलाई पनि निम्तो दिईएको छ । नेपालका प्रधानमन्त्री देउवालाई पनि उक्त समिटमा भाग लिन निम्तो दिने तयारी भएको छ ।

अहिले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बढिरहेकोले उक्त समिट भौतिक उपस्थितिमै गर्ने कि भर्चुअल रुपमा गर्ने भन्ने तय भैसकेको छैन् । उक्त समिट भौतिक उपस्थितिमै आयोजना गरिए प्रधानमन्त्री देउवा समिटमा भाग लिन पुग्ने जनाईएको छ । पार्टीमा दोस्रो कार्यकालको लागि सभापतिमा निर्वाचित भएपछि देउवाले गर्ने भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ४१ बजे