Logo

मुख्य समाचार

जित निश्चित भएपछि विश्वप्रकाश सानेपा पुगेर भने,’सबैलाई जोड्ने कांग्रेस बनाउँछु ‘



काठमाडौं । महामन्त्रीमा जित निश्चित जस्तै भएपछि विश्वप्रकाश शर्मा पार्टी कार्यालय सानेपामा पुगेका छन् ।

महामन्त्रीको मतगणना जारी रहँदा शर्माले दोस्रो स्थानमा अग्रता बनाइरहेका छन् । पहिलो स्थानमा गगन थापा रहेका छन् ।

सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले अब कांग्रेसलाई सबैसँग जोड्ने कांग्रेस बनाउनतर्फ लाग्ने बताएका छन् ।

कांग्रेसका प्रवक्तासमेत रहेका शर्माले थप यात्राका बारेमा सुन्दरीजल पुगेर माटो ढोगेर जानकारी गराउने बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४७ बजे