Logo

समाचार

राप्रपा नेपालद्बारा साना दलहरुलाई पार्टी एकीकरणका लागि आह्वान



काठमाण्डाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्बारा साना दलहरुलाई पार्टी एकीकरणका लागि आह्वान गरिएकाे छ।

बुधवार बसेकाे सचिवालयकाे बैठकले समान बिचार भएका साना दलहरुलाई एकिकरणका लागी आह्वान गरेकाे जनाएकाे छ । आह्वान समितिकाे संयाेजकमा राप्रपा नेपालका उपाध्यक्ष राम दास गाेपालिलाई ताेकिएकाे छ।

जनताकाे पार्टी नेपाल र राष्ट्रिय सिवसेना नेपालसँग एकीकरण भईसकेकाे र अन्य स‍ाना दलहरु संग एकीकरणका लागि छलफल भईरहेकाे उपाध्यक्ष राम दास गाेपालिले बताएका छन।

उनले भने `हिन्दुराष्ट्र लागायतका मुद्बाहरुलाई ससक्त बनाएर आगाडि बढाउनकाे लागि एकीकरणपछि सहज हुने छ।`

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : ५६ बजे